अछाम। मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिमा रहेको मालिका सामुदायक सिकाई केन्द्रलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।कोईकाको अर्थिक सहयोग र युनेस्कोको आर्थिक सहयोगमा सुवाखादमा स्थापना गरिएको कार्यालयमा आज एक कार्यक्रमका बिच विभिन्न सामग्री केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
सामुदायिक सिकाई केन्द्रलाई २ लाख ८० हजार ४ सयको सामान हस्तान्तरण गरिएको छ । मंगलसैन नगरपालीका शिक्षा शाखा संयोजक दिपेन्द्र बिष्ट र युनेस्कोका फिल्ड संयोजक देबेस राज गिरीले १ का वडा अध्यक्ष गोपाल थापालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।जस अन्तरगत ल्यापटप २ थान, प्रिन्टर १ थान, प्रोजेक्टर १ थान, क्यामरा १ ल्यापटप झोला २ थान सामुदायी सिकाई केन्द्रलाई हस्तान्तरण गरीको बताईएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल थापाले सामुदायिक सिकाई केन्द्रलाई आवश्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो ।केन्द्रलाई आवश्यक परेको बेला उपलब्ध सामाग्रीहरुले राहत भएको भन्दै आगामी दिनमा पनि सहयोग को अपेक्षा गरेको बताउनुभयो । सामुदायिक सिकाई केन्द्रलाई आफुले वडा कार्यालय मार्फत पनि सक्दो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि ब्यावस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
Discussion about this post