निराजन भण्डारी मंसिर ११ अछाम
जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण कार्यालय समय भन्दा बढी समय दिएर काम गर्नु पर्ने बाध्यता आईपरेको छ । कर्मचारी अभावका कारण कार्यालय समय भन्दा बढी समय सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनु भएको छ । उहाँले कार्यालयमा कर्मचारी अभावकै कारण कार्यालयबाट दिइने सेवा प्रवाहमा कठिनाई भएको बताउनु भएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सङख्या पनि ह्वात्तै बढेकाले आफु एक्लैले सोचे जस्तो सेवा प्रवाह गर्न नसकेको समेत बताउनु भएको छ । कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुदा सेवाग्राहीहरुले सेवा लिन नपाउदा सेवाग्राहीहरुले पनि कार्यालय प्रति आक्रोशित बन्दै गएको प्रजिअ मल्लको भनाइ रहेको छ ।
यता सेवाग्राहीहरुले कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको गुनासो गर्न थालेका छन ।अछामका विकट क्षेत्रबाट सेवा लिन आउने सेवाग्राहीले समयमै सेवा लिन नपाउदा सदरमुकाममै बास बस्नु पर्ने बाध्यता रहेको बताएका छन ।
ग्रामिण क्षेत्रबाट सेवा लिन आउने गरेका सेवा सेवाग्राहीले समयमै आफुहरुको काम नबन्ने भएकोकाले बास बसेर भएपनि काम गरेरै जानु पर्ने भएकाले पनि खर्चको भार पनि बढ्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन । कर्मचारी अभावका कारण सेवाग्राहीमा परेको सास्तीको समाधान गर्न पनि उनीहरुले प्रशासनलाई आग्रह गरेका छन।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन तिमिल्सेनाको सरुवा भईसकेकाले र नयाँ सहायक प्रमुख जिल्ला अधिकारी नआएकाले सेवा प्रवाहमा समस्या देखिएको प्रजिअ मल्लको भनाइ रहेको छ ।सहायक प्रजिअको चिठी आईसकेको तर अहिले सम्म पनि पद रिक्त रहेको समेत उहाँले बताउनु भएको छ ।
अछाम जिल्लालाई विकट जिल्लाको रुपमा हेरिने भएकाले पनि कर्मचारी आउन नमान्ने मुख्य समस्या रहेको पनि बताउनु भएको छ ।प्रशासन कार्यालयमा २ जना प्रशासकिय अधिकृतको दरबन्दी रहेकोमा हाल २ जनाकै दरबन्दी रिक्त रहेकाले पनि सेवा प्रवाहमा कठिनाई हुने गरेको पनि बताउनु भएको छ ।
साथै कार्यालयमा ५ जना सुब्बाको दरबन्दी रहेकोमा हाल ४ जना सुब्बा पदका कर्मचारीको पद पनि रिक्त रहेको उहाँले बताउनु भएको छ ।लामो समयदेखि विभिन्न दरबन्दीका कर्मचारी नहुँदा जनताका काम गर्नमा समस्या भइरहेको उहाँको भनाइ रहेको छ।
Discussion about this post