गुरुकुल माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

12
SHARES
66
VIEWS

निराजन भण्डारी मंसिर ८ अछाम

बालविवाह न्यूनीकरण सम्बन्धी वक्तृत्वकला प्रतियोगिता कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको गुरुकुल माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । त्रिवेणी यूवा क्लवका अध्यक्ष भिमेष रिमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमामा कार्यापालिका सदस्य सरा नेपाली रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै उहाँले किशोरावस्थामा विवाह गर्दाका असर २० वर्ष पुगेपछि मात्रै विवाह गर्न तथा कानुनी कारबाही बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्क रहेको समेत बताउनु भएको छ । बालविवाह न्यूनीकरणमा समुदायस्तरमा गठित बालक्लवले पनि जनचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको समेत बताउनु भएको छ ।

गुरुकुल माध्यामिक विद्यालयको समुन्वय तथा त्रिवेणी यूवा क्लवको आयोजनामा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । गुरुकुल माध्यामिक विद्यालयमा अध्यायनरत विद्याथीहरु बिच प्रतिस्र्पादा भएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रथम , प्रकाश रिमाल द्वितीय रमेश रिमाल , तृतीय,जनक रिमाल र खकेन्द्र बहादुर बुढाले सान्तवना स्थान ओगट्न सफल भएका छन । प्रथम , द्वितीय तृतीय र सान्तवना स्थान ओगट्न सफल सहभागि विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अन्य अतिथिमा गुरुकुल माध्यामिक विद्यालयमा प्रधानाध्यापक भिम बहादुर शाही, त्रिवेणी यूवा क्लवका उपाध्यक्ष प्रेम रिमाल ,लगायतको सहभागिता रहेको कार्यक्रम सञ्चालक डिल्लीरमण ढुङ्गानाले गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार