निराजन भण्डारी मंसिर ८अछाम
अछाम जिल्लामा पनि नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन कार्य निरन्तर चलिरहेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । कर्ण साउदको अध्यक्षतामा १५ जनाको वडा कमिटी गठन गरिएको छ ।वडा कमिटी गठन कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला कमिटी सचिव नवराज साउँद रहनु भएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै साउँदले पाटीलाई बलियो र मज्बुद बनाउन सम्पुर्ण कार्यकर्ता कसिएर लाग्नु पर्ने बताउनु भएको छ । कम्युनिस्ट पार्टी र जनताको मुख्य सत्रुको पक्षमा नै केपी ओली नेतृत्वको पार्टी लागे पछि विद्रोह गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउनु परेको बताउनु भएको छ । कार्यक्रमको अन्य अतिथीमा एकीकृत समाजवादीका जिल्ला सदस्य दिल बहादुर थापा, देबेन्द्र बहादुर बुढा ,भुपेन्द्र बहादुर बुढा, गौरिकान्त जैसी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ढकारी गाउँपालिका सचिव वीर बहादुर साउँदले गर्नु भएको थियो ।
Discussion about this post