अछाम । कमलबजारमा खुला पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको सुन्दर नगरको रुपमा स्थापित कमलबजारमा क्रिकेट प्रतियोगिता २०७८ हुने भएको हो । यहि मंसिर ११ गते शनिबार बाट संचालन हुने प्रतियोगिता कमलबजारकापुराना ब्यापारी तथा समाज सेबि स्वः कमल रावतको सम्झनामा हुन लागेको हो ।
गत बर्ष नै आयोजन गर्ने भनिएको प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको थियो । कमलबजारमा आयोजना हुने यो क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार रु. ७१ हजार १ सँय ११ रहेको छ । ३१ हजार १ सँय ११ रुपैया द्धितिय पुरस्कार रहेको प्रतियोगिताको तृतिय पुरस्कार भने रु १० हजार का साथै कप, मेडल र प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ ।
कमलबजारमा रहेको चाँदनी कोल्ड स्टोरको आयोजनामा हुुने प्रतियोगिताको तयारी करिब–करिब अन्तीम चरणमा पुगिसकेको चाँदनी कोल्ड स्टोरका प्रो. प्राईटर अर्जुुन रावतले जानकारी दिनु भएको छ । यहि मंसिर १० गते बेलुका ५ बजे सम्म टिम दर्ता गर्न सकिने र टिम दर्ता रु ६ हजार ५ सँय रहेको बताईएको छ । नकआउट सिस्टममा खेलाईने खेलमा लिग चरणमा १२–१२ ओभर सम्म खेलाईने आयोजकले जनाएको छ । यस्तै सेमिफाईनल र फाईनल खेल १५–१५ र २०–२० ओभर सम्म खेलाईने पनि आयोजकले जनाएको छ ।
एल बि डब्ल्यु बाहेक आई. सि. सि.को नियमानुुसार खेलाईने खेलमा थ्रो बललाई मान्यता नदिईने बताईएको छ । नगर स्तरिय खेलकुुद बिकास समिती ब्यवस्थापक रहेको प्रतियोगिताको बारेमा थप जानकारी लिन आयोजक चाँदनी कोल्ड स्टोरका प्रो. प्राईटर अर्जुुन रावतको सम्पर्क नं. ९८६६७०७१५५ तथा नगर स्तरिय खेलकुुद बिकास समितीका अध्यक्ष धिरज रावतको सम्पर्क नं. ९८४८४७८३२६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
Discussion about this post