सर्वोच्चमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित

6
SHARES
34
VIEWS


काठमाण्डौ – गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिने छन् । यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको फुल कोर्टु अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो ।

आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नु पर्ने छ ।अहिलेसम्म प्रधानन्यायाधीशले नै दैनिक पेसी तोक्ने गरेकामा अब प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ ।प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले महिना दिनभन्दा लामो समयदेखि आन्दोलन गरिरहेको छ भने न्यायाधीशहरू पनि अघोषित आन्दोलनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार