निराजन भण्डारी मंसिर ६अछाम
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन जारी रहदा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्ने कार्य पनि निरन्तर चलिरहेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि अछाम क्षेत्र नम्बर १ का युवा नेता चन्द्रप्रकाश देवकोटाले खस आर्य तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
दैनिकी मिडिया नेटवर्क सँग कुराकानी गर्दै उहाँले आफूले पार्टी संगठनलाई बलियो र मजबुत बनाउन लामो समयदेखि निरन्तर लागि परेको बताउनुभएको छ ।पार्टीलाई व्यक्तिवादी नभई विधिसम्मत ढंगबाट संचालन गर्नुपर्ने कुरामा उहाँले जोड दिनु भएको छ । आफूले युवाहरुको साथमा रहेर काम गरिरहेको र महाधिवेशन प्रतिनिधि पदमा जितेको अवस्थामा अझै युवाहरुको साथमा रहेर काम गर्ने पनि बताउनुभयो । साथै उहाँले युवा वर्गको आवाज उठाउनको लागि भए पनि आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
साथै उहाँले नेपाली काँग्रेसलाई सुधार र वृहत् संगठनको हितका लागि आफु जहिले पनि लागि परेको बताउनु भएको छ । आफूले १४औँ महाधिवेशनको केन्द्रीय प्रतिनिधि जितेमा युवाहरूकै साथमा रहेर काम गर्ने बाचा समेत गर्नुभएको छ । सबै अट्ने, देश सबैलाई जोड्ने कांग्रेस बनाउन आफू जहिले पनि निरन्तर खटिरहने बताउनुभयो । आफूले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको लागि उम्मेदवारी घोषणा गरिसकेको हुँदा सबैले आआफ्नो स्थानबाट अमूल्य साथ, सहयोग गरिदिन हुन आग्रह समेत गर्नुभएको छ ।
Discussion about this post