विकासका पूर्वाधारमा राजनितिक क्षेत्रबाट महत्वपुर्ण भुमिका खेल्नेछुँ: ईन्जिनियर शाही

9
SHARES
52
VIEWS


अछाम । बिद्यामन्दिर माबी बिनायकमा२०४८ सालमा नेबिसंघको ईकाई अध्यक्ष भएका पेशाले ईन्जिनियर मान बहादुर शाही पनि माथिका २ जना जस्तै आफ्नो पेशा र सामाजिक क्षेत्रमा अबल्ल र सक्रिय व्यक्ती हुन् । २०५० सालमा नेसिबसंघ अछामको सदस्य भएर काम गरेका शाही पुल्चोक ईन्जिनियरिगं कलेजबाट स्ववियू सहसचिव भएका थिए ।

नेपाली कांग्रेस अछाम काठमाण्डौ सम्पर्क समितीको सदस्य हुदैँ सचिव भएका शाही कांग्रेसले उजाई तथा सिचाई विभागको केन्द्रिय समिती विज्ञ पनि हुन् । एक दशक भन्दा बढी देखि आफ्नो पेशामा सक्रिय रहेका शाहीले यसपटक भने आफुलाई कांग्रेसको राजनितिमा सक्रिय बनाउने उद्घोष गर्दे महाधिबेशन प्रतिनिधीमा उम्मेघारी घोषणा गरेका छन् ।

एक दशक मैले आफ्नो पेशा मार्फत पुर्वाधार विकास निर्माणका क्षेत्रमा काम गरे शाही भन्छन् त्यहाँ काम गर्दाको अनुभव राजनितिमा लागेर निति निर्माण योेग्दान दिन सके अछाम जिल्लाको पुर्वाधार विकासमा टेवा पुग्न सक्ने देखेर राजनितिमा होमिने निर्णय गरेको हुँ ।

विकासका पूर्वाधारका राजनितिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने भन्दै अब आफै यस क्षेत्रमा सक्रिय भएर का मगर्ने उद्देश्यक साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिएको उनको भनाई छ । बिद्यार्थी कालमा नेबिसंघको राजितिनिमा सक्रिय भएपनि पार्टीको राजनितिमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको उनले बताए ।

पूर्वाधार लयायत निति निर्माणमा समस्या छ त्यस कारण अब आफ्नो अनुभवलाई त्यसमा लगाउन र अछामी जनताको सेव ागर्न सmित्रय ुहने उनको प्रतिवद्धता छ ।

कांग्रेसको सक्रिय राजनीतिमा होमिएका र पहिलो पटक निर्वाचन लड्दै गरेका फरक पेशा व्यवसायी समेत सक्रिय पार्टी राजनीतिमा जोडिन थालेकाको बिषयले कार्यकर्ताभित्र चर्चा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार