नेकपा एस मंगलसेन नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा भाट चयन

13
SHARES
72
VIEWS

निराजन भण्डारी मंसिर ५ अछाम
अछाम जिल्लामा पनि नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन कार्य निरन्तर चलिरहेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मा पनि नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ ।नेकपा एकिकृत समाजवादी पाटीका जिल्ला कमिटी सदस्य योगेन्द्र ढुङगानाको अध्यक्षतामा वडा कमिटी गठन कार्यक्रम गरिएको हो । पुर्ण प्रशाद भाट अध्यक्षमा २९ सदस्यि वडा कमिटी गठन गरिएको युवा संघ नेपालका जिल्ला सचिव टेकेन्द्र जैगडीले जानकारी दिनु भएको छ ।

जसको उपाध्यक्षमा निराजन ढुङगाना सचिव गणेश ढुङगाना सह सचिव मिना बि क लगायका सदस्यहरु रहेका छन ।वडा कमिटी गठन कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला कमिटी सचिवालय सदस्य दिपक रावल रहनु भएको थियो ।प्रमुख अतिथीको आसनबाट बोल्दै रावलले पाटीलाई बलियो र मज्बुद बनाउन सम्पुर्ण कार्यकर्ता कसिएर लाग्नु पर्ने बताउनु भएको छ ।

कम्युनिस्ट पार्टी र जनताको मुख्य सत्रुको पक्षमा नै केपी ओली नेतृत्वको पार्टी लागे पछि विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) बनाउनु परेको बताउनु भएको छ । कार्यक्रमको अन्य अतिथीमा एकीकृत समाजवादीका जिल्ला सदस्य प्रभु नाथ खनाल ,नन्दराज ढुङगाना, महोन शाहा ,हर्क बिक ,नगर अध्यक्ष पुर्ण बहादुर राना लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नगर सचिव खकेन्द्र शाहीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार