काठमाण्डौ । आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।
टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रङ्गिन टेलिभिजनको विकास भइ रङ्गिन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जनभन्दा धेरै टेलिभिजन च्यानल नियमित प्रसारणमा छन् ।
Discussion about this post