एमालेमा ओलीको चाकडी नगर्ने पदाधिकारी बन्न मुस्किल, यस्तो छ भित्री खेल

7
SHARES
38
VIEWS

काठमाडौं – नेपाली कांग्रेसभन्दा पछि महाधिवेशनको तयारी गरेको प्रमुख प्रतिपक्षी दल एमालेको १०औं महाधिवेशन आउन अब एक साता मात्र बाँकी छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा एमालेको महाधिवेशन आयोजना हुँदैछ ।

महाधिवेशन सन्निकट भए पनि अहिलेसम्म एमालेमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

पार्टीका उपाध्यक्ष भीम रावलले मात्र अध्यक्षमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका छन् । तर, अझै पनि उठ्ने नउठ्ने कुनै टुंगो छैन । किनकि एमालेमा अब अध्यक्ष केपी ओली विरोधीको कुनै खैरियत छैन । ओलीको विरोध गर्ने नेताले चुनाव जित्ने माहोल नभएकैले अहिलेसम्म कसैले पनि उम्मेदवारी दाबी नगरेको बताइन्छ ।

नेपाली कांग्रेसमा महाधिवेशन आउन चार महिनाअघिदेखि नै पदाधिकारीका लागि उम्मेदवारी दिने घोषणा सुरु भइसकेको छ तर एमालेमा भने त्यस्तो दृश्य देखिएको छैन ।

केपी ओलीले फेरि एक कार्यकाल दोहोरिने भएपछि अहिले एमालेका सबै नेता चुपचाप छन् । चितवनमा महाधिवेशन उदघाटन भएपछि ओलीले ज–जसलाई केन्द्रीय समितिमा आउन सिग्नल दिन्छन्, तिनीहरू नै आउने प्रस्ट छ । सोही कारण उपाध्यक्ष, महासचिव, सचिव, केन्द्रीय सदस्यका आकांक्षी मौन बसेका हुन् । यो खबर मिडिया डबलीबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार