काठमाडौँ । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो।
कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ।
सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।
प्रदेश महाधिवेशन प्रतिनिधि
त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ।
यस्तै उपसभापति र सचिवका लागि पाँच हजार शुल्क निर्धारण गरिएको छ। प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।
Discussion about this post