टेकराज भण्डारी, कात्तिक २६, अछाम । नेकपा एमाले अछामकाे बैठक विभिन्न निर्णय गर्दै सकिएकाे छ । कार्यबाहक जिल्ला अध्यक्ष नन्द बहादुर कडायतकाे अध्यक्षतामा भएको बैठकले एमाले आशन्न १० औं महाधिवेशनकाे तयारी अन्तर्गत प्रतिनिधि छनाेट लगायतका कार्य गरेकाे हो । अछाम जिल्लाबाट केन्द्रीय महाधिवेशनका लागि छनाैट हुने प्रतिनिधिकाे टुंगाे लगाउने निर्णय गरेकाे छ । समाचार तयार पार्दासम्म प्रतिनिधि छनाेटकाे कार्य जारी रहेकाे एमाले अछामका निवर्तमान प्रचार विभाग प्रमुख तथा प्रदेश कमिटी सदस्य भीम जनालाले जानकारी दिनुभयाे ।
बैठकले एमाले जिल्ला कमिटी सदस्यलाई मनाेनित समेत गरेकाे छ । २७ जनालाई जिल्ला कमिटीमा मनाेनित गरेकाे एमाले अछामले जनाएको छ । बैठकले पदाधिकारी छनाैट भने गर्न सकेन । पदाधिकारिका लागि आकांक्षी बढी रहेका, सहमति जुट्न नसकेको र तत्कालै जिल्ला अधिवेशन हुने भएकोले पदाधिकारी छनाैट नगरिएको श्राेतले जनाएको छ ।
बैठकले एमाले अछामकाे जिल्ला अधिवेशन पुष मसान्तसम्म गरिसक्ने निर्णय समेत गरेकाे छ । पुष अन्तिम साता जिल्ला अधिवेशन गर्ने गरि तयारी थालिएको र सम्भवतः पुष २५ गते जिल्ला अधिवेशन गरिने एमाले अछामका कार्यालयल सचिव लिलाराज केसीले जानकारी दिनुभयाे ।
बैठकले केन्द्रीय अधिवेशन तथा जिल्ला अधिवेशन सफल पार्ने निर्णय समेत गरेकाे छ । जिल्लाको तर्फबाट अधिवेशन सफल पार्न आवश्यक भूमिका खेल्ने निर्णय गरिएको हाे ।
जिल्लाबाट केन्द्रीय अधिवेशनकाे लागि सहभागी हुने प्रतिनिधिका लागि क्षेत्रगत रुपमा छनाेट कार्य शनिवार हुने बताईएकाे छ । क्षेत्र नम्बर १ काे साँफेबगर तथा क्षेत्र नम्बर २ काे कमलबजारमा प्रतिनिधि छनाैटकाे कार्य गरिने छ ।
अछाम जिल्ला क्षेत्र नम्बर २ बाट करिब ४ पुरुष र २ महिला प्रतिनिधि छनाैट हुने बताईएकाे छ । क्षेत्र नम्बर १ बाट पनि त्यतिकै संख्यामा महाधिवेशन प्रतिनिधि छनाैट हुने एमाले अछामले जनाएको छ ।
जिल्ला भरी वाट २ जना दलित प्रतिनिधि समेत छनाेट हुने एमाले अछामका जिल्ला कमिटी सदस्य तथा ढकारी गाउँपालिका ईन्चार्ज टाेप बहादुर शाहीले जानकारी दिनुभयाे ।
१२ सय संगठीत सदस्य बराबर १ महिला र २ पुरुष गरि ३ जना प्रतिनिधि छनाैट हुने व्यवस्था रहेकाे प्रतिनिधि सभा सदस्य तथा जिल्ला सचिव यज्ञ बाेगटीले जानकारी दिनुभयाे । थप ८ सय संगठीत सदस्य भएमा १ जना महिला र १ जना पुरुष थप हुने उहाँले बताउनु भयाे । अछाम जिल्लामा करिब सात हजार ५ सय संगठीत सदस्य रहेका सचिव बाेगटीले जानकारी दिनुभयो ।
कात्तिक २५ र २६ गते भएको बैठकमा एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, जनप्रतिनिधि लगायतको सहभागीता रहेकाे प्रेस चाैतारी अछामका अध्यक्ष टेकराज भण्डारीले जानकारी दिनुभयाे ।
Discussion about this post