अछाममा सडक, विद्युत र टेलिफोन सेवा अवरुद्ध

18
SHARES
99
VIEWS

अछाम । अछाममा सडक, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग नेपाली सेना र नेपाल प्रहरीको टोलीले खुलाउने कार्य गरिरहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार चौखुट्टेको अवरुद्ध सडक तत्कालका लागि सञ्चालनमा ल्याइएको छ भने विद्युत् र टेलिफोन सेवा अहिले नै सञ्चालन भइहाल्ने अवस्था छैन।

वर्षाले अछाम, डोटी र डडेल्धुराका केही ठाउँमा पोल ढलेपछि ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए। त्यस्तै जिल्लाका ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार