एमाले विभाजन पछि भीम रावल गृह नगरमै एक्लिँदै

15
SHARES
83
VIEWS

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृह नगरमा एक्लिँदै गएका छन्। उनकै गृह नगरमा एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले समेत रावलको साथ छोडेका छन्।

उनले एकाले छोडेर माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका छन्। तर, उपप्रमुख बिमलादेवी बुढ्थापा भने अहिलेसमम तटस्थ बसेकी छिन। भीम रावल भने अझै एमालेमै छन्। २०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउँपालिकाको अध्यक्ष जितेको थियो। एक गाउँपालिका र एक नगरपालिकाका प्रमुखले एकीकृत समाजवादी रोजेका छन्। कुवँरसंगै समाजवादी पार्टी रोज्नेमा चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद पनि रहेका छन्।

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै रहने भएका छन्। अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले यस अघि नै एकीकृत समाजवादी रोजिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार