संसदवादी पार्टीले हालसम्म पनि जनताको जिवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न सकेनः चट्टान

17
SHARES
95
VIEWS

माधव तिमिल्सैना,
अछामः
नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लामा १ महिने सुदृढ जनसम्बन्ध तथा स¨ठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोहि अभियान अन्तर्गत आज जिल्लाको पञ्चदेवल बजारदेखि क्याम्पस सम्म मध्यपहाडी राजमार्गको छेउछाउमा वृक्षरोपण गरिएको छ । आज यस नगरपालिकाबाट अभियानको उद्घाटन गरिएको हो ।

वृक्षरोपणपछि विनायक बिच बजारमा भएको कार्यक्रममा बोल्दै एरिया ईन्चार्ज सज्जन धामी (चट्टान) ले अहिलेका अन्य संसदवादी पार्टीले हालसम्म पनि जनताको जिवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न नसकेको बताउनुभयो । ती दलले चुनावी प्रक्रियामा गतिला नारा र एजेण्डा ल्याएर जनता र समुदायभित्र स्थापित हुने र आफ्नो गन्तव्यमा पुगेपछि आफुले दिएका नारा र एजेण्डा सबै भुल्ने गरेको बताउनुभयो । पछिल्लो समयमा केपि प्रचण्डहरुले दुई तिहाई बहुमत प्राप्त सरकार गठन गरेपनि राष्ट्र राष्ट्रियता र जनताको जनजिविकाको सवालमा कुनै पनि क्षेत्रबाट उत्तरदायी नरहेको र पार्टी भित्र उल्टै आन्तरिक विवाद जन्माएर टुटको संघारमा दुर्घटना हुन पुगेको भन्दै अब यसको विकल्पमा वैज्ञानिक समाजवादको आवश्यकता रहेको औल्याउनुभयो ।

यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी पञ्चदेवल विनायक नगरपालिकामा भैरहेको अनियमितता विरुद्ध खरो रुपमा प्रस्तुत हुनुभएको थियो । उहाले ५ करोड बढीको भष्ट्राचार भएको भन्दै यस्तो क्रियाकलाप आफु र आफ्नो पार्टीले सहेर नवस्ने चेतावनी दिनुभयो । यस्तै आजै पञ्चदेवल क्याम्पसको नवनिर्मित भवनको सोहि टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त भवनको निर्माण कार्य पुरा नहुदै भत्किएको पाईएको हो । उक्त कार्यक्रममा एरिया ईन्चार्ज सज्जन धामी (चट्टान), अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, नगर सचिव एम.वि. चलाउने, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार