अछाम । सिटिईभिटिका केन्द्रीय अध्यक्ष निराजन खड्काको नेतृत्वमा जिल्ला अस्पताल अछामलाई स्वास्थ्य उपकरण,स्वास्थ्य सामाग्री र औषधि हस्तान्तण गरिएको छ । ताईवानको बोधत्वा विहार सस्था काठमाण्डौँको सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर,पल्स अक्सिमिटर,थर्मल गन,फेस मास्क,एन ९५ माक्स,सर्जिकल मास्क,पिपिई सेट,स्यानिटाइजर र विभिन्न किसिमका आवश्यक औषधि सहयोग गरिएको सिटिईभिटिका केन्द्रीय अध्यक्ष निराजन खड्काले जानकारी दिनु भयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अछामका नि.मेडिकल सुपरिटेन्डेन्ट डा. सोनाली वास्कोटाले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला जोखीम मोलेर काममा खटिएका ब्यक्तिहरुलाई सुरक्षा सामग्री दिइनु निकै सकारात्मक पक्ष रहेको वताईन । उनले आगामी दिनमा अन्य निकायहरुबाट समेत सहयोगको अपेक्षा रहेको वताईन ।
वास्थ्य उपकरण र औषधि अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा. सोनाली वास्कोटाले र अस्पताल व्याबस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाललाई हस्तान्तण गरिएको हो ।
Discussion about this post