प्रेस युनियनले सञ्चाकर्मीका लागि राहत कोष स्थापना गर्ने

17
SHARES
97
VIEWS

काठमाडौँ । नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित सञ्चाकर्मीलाई सहयोग पु¥याउने उद्देश्यले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । जेठ १३ गते युनियनको स्थापना दिवसका दिन राहत कोषको घोषणा गरिने युनियनले जनाएको छ ।

प्रेस युनियन केन्द्रीय कार्यसमितिको जुमप्रविधिमार्फत आइतबार सम्पन्न बैठकले रिर्पाेटिङमा काम गर्ने सबै सञ्चारकर्मीका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग समेत गरेको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । बैठकले कोभिड–१९ बाट सङ्क्रमित सबै सञ्चारकर्मी तथा आमनागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षा सावधानी अपनाएर रिपोटिङ गर्ने व्यवस्था मिलाउन सञ्चार गृहलाई र स्वयम् पत्रकारलाई पनि सचेत रहन आग्रह गरेको छ ।

बैठकले यही जेठ १३ र १४ गतेका लागि निर्धारित प्रेस युनियनको केन्द्रीय महाधिवेशन कोभिड–१९ का कारण हाललाई स्थगित गर्ने र सहज परिस्थिति भएपछि शीघ्र महाधिवेशन गर्ने निर्णय गरेको छ । युनियनले प्रधानमन्त्रीले संविधानको मर्मविपरित दोस्रोपटक संसद विघटन गरेको निष्कर्ष निकाल्दै वैकल्पिक सरकारको बाटो रोक्ने र संसद विघटन गर्ने कार्य भएकामा आपत्ती जनाएको छ ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहित नागरिक अधिकारको रक्षाका लागि एकजुट भई आन्दोलनमा आ–आफ्ना क्षेत्रबाट उत्रिन सम्पूर्ण पेशागत सङ्घसंस्था, नागरिक समाज र राजनीतिक दललाई युनियनले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार