पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो

8
SHARES
42
VIEWS

माधव तिमिल्सैना,
अछामः जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं १ कुईका अमरसैनमा बदेलले हिउदे बालीनाली सखाप पार्न थालेको छ ।

धेरै मिहिनेत गरेर लगाइएका बालीनाली सखाप पार्न थालेपछि त्यहाका कृषक निकै चिन्तित बनेका छन् । गहुँ, जौ, मुसुरो, चना लगायतका हिउदे बाली सखाप पार्न थालेपछि वर्षभरिको मिहिनेत खेर गएको स्थानीयले बताएका छन् । स्थानीय लक्ष्क्षीराम तिमिल्सैना, उमाकान्त तिमिल्सैना, रघुनाथ तिमिल्सैना, धर्मराज तिमिल्सैना, देविराम रिमाल, जयरुप रिमाल, तुला रिमाल लगायतले लगाएका बालीमा बदेलले पूणर् रुपमा क्षति गरेको हो ।

यो वर्ष पानी पनि नपरेकाले छेउछाउका जग्गामा हिउदे बाली पनि लगाउन नपाएको र लगाइएका ठाउमा बदेलले सखाप पारेको स्थानीय रघुनाथ तिमिल्सैनाले जानकारी दिनुभयो । आफूले लगाएका बालीनालीले केहि महिना खान पुगेपनि अब छाक टार्न पनि धौ धौ पर्ने भन्दै कृषकले स्थानीय सरकारसंग उचित क्षतिपुर्तिको माग गरेका छन् ।

यसअघि वर्षे बालीनालीमा पनि बदेलले क्षति गरेको थियो । यसरी पटकपटक बदेलले गाउँमै लगाइएका बाली सखाप पार्न थालेपछि गाउँमा त्रास समेत फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार