मंगलबार सुदूरपश्चिममा ३६ नमूना परीक्षण, थप ६ जनामा कोरोना पुस्टि

21
SHARES
114
VIEWS


धनगढीः मंगलबार सुदूरपश्चिम प्रदेशमा ३६ जनाको नमूना परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा ३२ जनाको नमूना परीक्षण गर्दा थप ६ जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको महाकाली अस्पतालको प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ७३ पुगेको छ । संक्रमण पुस्टि भएकामध्ये १३ हजार ७ सय ८८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार