कञ्चनपुरमा निर्मलालाई न्याय माग्ने ६ जना अधिकारकर्मी पक्राउ

15
SHARES
85
VIEWS

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेका बेला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्ने अधिकारकर्मी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भटट, खडक बिष्ट, र मिना भण्डारी रहेका छन्। उनीहरुले दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर हत्याप्रकरण विरुद्ध सांकेतिक रुपमा आवाज उठाएका थिए।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार