भागरथी हत्याका अभियुक्तको ‘डिएनए’ जाँच हुने, अनुसन्धानका लागि ५ दिन म्याद थप

15
SHARES
83
VIEWS


धनगढी: बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या आरोपित दिनेश भट्टको ‘डिएनए’ परीक्षणका लागि प्रयोगशाला पठाइने तयारी भएको छ।

घटना सम्बन्धी थप प्रमाण जुटाउने कार्य भइरहेकाले डिएनए परीक्षण गरिन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तथ्य र प्रमाण भिडाइरहेकाले अहिले थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

साथै गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि थप अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थपेको छ। यसअघि अदालतले ५ दिनको म्याद दिएका थियो।

उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनका लागि अनुमति पाइएको बैतडी प्रहरीले बताएको छ।

भागरथीका दाजु केशव भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। कुनैपनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।

गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गत फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो। दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको थियो।

पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन्। भने, सरकारी वकिल कार्यालयले लिएको बयानमा बलात्कारपछि आफैले गरेको स्वीकारेको प्रहरीले बताएको छ।

भागरथीको बलात्कारपछि हत्या भएको १७ औँ दिन फागुन ७ गते महाकाली नदीको शेरा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। यो समाचार दिनेश खबरबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार