अछाम : नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डाक्टर डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ ।
संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ ।
उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो ।
नेपाल महिला संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेतृ संग्रौलाले देशमा महिलामाथि दिनानु दिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।
निर्मला पन्त लगायतका घटनाका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उहाको भनाइ छ ।
महिला संघ क्षेत्र नम्बर २ सभापती सभापति भुमिसरण ढकाल बजगाँईको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्ब पार्टी सभापति मेघराज खड्काले प्रधानमन्त्री ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन प्रतिगामी र अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ ।
नेता खड्काले देशको समृद्धिको लागि काङ्ग्रेसको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा महिला संघका केन्दिय कोषाध्यक्ष जानकी सिंह, संगठन केन्द्रिय बिभाग सदस्य गणेश बिस्ट, महिला संघका जिल्ला अध्यक्ष अनुराधा स्वाँर, माहाधिबेसन प्रतिनीधि सुरत बहादुर बिस्ट, बैतडी क्षेत्र नम्बर २ सभापती तेज चन्द, महाधिवेशन प्रतिनिधि कमल बिक, नेपाल विद्यार्थी संघ बैतडीका सभापति कपिल केसिले मन्तव्य राख्नु भएको थियो ।
ढकारी गाउपालिका उपाध्यक्ष एबम महिला नेतृ लक्ष्मी साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला संघका सचिव पुर्णा शाहले गर्नुभएको थियो ।
Discussion about this post