रुपन्देही सुपर लिगमा लुम्बिनी विजयी

26
SHARES
144
VIEWS

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको ‘बी’ डिभिजनमा लुम्बिनी शाक्यान क्रिकेट क्लबले जित निकालेको छ ।

भैरहवाको सिदार्थ रंगशालामा शनिबार भएको खेलमा लुम्बिनीले साईग्लोबल क्रिकेट क्लबलाई २९ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३९ रन बनाएको थियो ।

उसका लागि अख्तर हुसेनले ३३ रन जोड्दा अज्मत खानले २९ रन बनाए ।

साईग्लोबलका इमरान पठानले ५ विकेट लिए । आकाश त्रिपाठीले ३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साईग्लोबलले ३२ ओभर २ बलमा अलआउट भएर १ सय १० रनमा समेटियो ।

साईग्लोबलका इमरान खानले २६ रन जोड्दा अशुतोस पासवानले २५ रन बनाए ।

लुम्बिनीका अख्तर हुसेनले ६ विकेट लिए ।

लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार