जनजागरण यूवा क्लब दिनेश केशीकाे नेतृत्वमा पुनः गठन

16
SHARES
89
VIEWS

युवा रुपान्तरणका लागि स्थानीय तह बाट गर्नु पर्ने सहयोगमा कुनै कसुर बाकि नराख्ने लयाँटीका वडा अध्यक्ष कुल बहादुर बुढाको भनाई

अछामः पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा रहेकाे जनजागरण यूवा क्लब दिनेश केशीकाे नेतृत्वमा पुनः गठन भएको छ ।

सामाजिक रुपान्तरणका लागी २०७१ सालमा प्रेम चन्दको अध्यक्षतामा स्थापना भएको यूवा क्लबले संघियता अघि थुप्रै रुपान्तरणका कार्य गरे पनि लामाे समय पदाधिकारी बिहिन हुँदा लयाँटीका आम नागरिकको पहलमा नयाँ नेतृत्व चयन भएकाे हाे ।

सामाजिक न्याय दिवसकाे अवसर पारी सामाजिक कार्यमा निरन्तर लगनशील भएर अग्रसर हुने उदेश्यले दिनेश केशीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन भएको यूवा क्लबका सचिब वीर बहादुर बुढाले जानकारी दिए ।

यूवा क्लबका अध्यक्ष प्रेम चन्दकाे अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले नयाँ कार्य समिति गठन गर्ने निर्णय पश्चात उक्त समिति गठन भएकाे हाे ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका वडा अध्यक्ष कुल बहादुर बुढाले युवा रुपान्तरणका लागि स्थानीय तह बाट गर्नु पर्ने सहयोगमा कुनै कसुर बाकि नराख्ने बताउनु भयो ।

सामाजिक कार्यमा निरन्तर अग्रसर भएर लाग्न सुझाव दिदै अध्यक्ष बुढाले गत बिगत बर्षहरुका जस्तो बिचमै संगठन बिहिन नहुन आग्रह गरे ।

उनका अनुसार नयाँ कार्य समितिले वडा तथा नगरपालिका संग विभिन्न रुपान्तरणका कार्यक्रमका लागि निरन्तर समन्वय गर्नु पर्ने देखिएकाे छ ।

यस्तै नवज्योति माध्यमिक बिद्यालयका शिक्षक तथा समाजसेवी जय बहादुर चन्दले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै अन्यायमा परेकालाई न्याय दिन र बिकृती बिरुद्ध कुनै राजनीतिक पुर्वाग्रह नराखी निस्वार्थ ढङ्गले सामाजिक न्यायको पक्षमा उभिएर काम गर्न सुझाव दिए ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य साखा सह संयाेजक जनक बहादुर बुढाले क्लबलाई केहि भाैतिक तथा नवीकरण गर्दा चाहिने आर्थिक सहयोग गर्न तयार रहेको बताए ।

यसै बिच नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधब समुहका लोकेन्द्र बहादुर शाहीले क्लबको स्तरोन्नतिका लागि आफ्नाे तहबाट हुने सहयाेगमा कमि नगर्ने वचन दिए ।

नेपाली कांग्रेसका छत्र बहादुर शाहीका अनुसार पनि यूवाहरुकाे याे प्रयास निकै स्रहानिय भएकाले आफ्नाे पार्टी तथा अन्य क्षेत्रबाट सहयाेग गर्न सधै तयार रहने प्रतिबद्धता ब्यक्त गरे ।

नयाँ नेतृत्व ग्रहण गर्दै पत्रकार दिनेश केशीले सामाजिक रुपान्तरणको यात्राबाट कत्ती पनि बिचलित नहुने बताए । सामाजिक कुपर्थाकाे रुपमा जरा गाडेर बसेका थुप्रै समस्याहरुलाई बहसकाे बिषय तथा समाधानको प्रयासमा लाग्ने उनले जाेड दिए ।

सूदुरआज डटकम अनलाइन पत्रिकाका स-सम्पादक समेत रहेका केशीले यूवाहरुकाे काँधमा थुप्रै सामाजिक जिम्मेवारी थपिएकाले त्यसलाई सहि तथा पारदर्शिताका साथ बहन गर्न अाम यूवाहरुलाई सुझाव दिए ।

सामाजिक न्यायका लागि स्थानीय सरकार , नागरिक सामाज , विभिन्न संघ संस्था संग समन्वय गरि रुपान्तरणका कार्यक्रमहरु अब छिट्टै सञ्चालन गर्ने अध्यक्ष केशीले प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार