माधव तिमिल्सैना,
अछामः “समृद्ध नेपाल निर्माणको लागी प्रजातन्त्र” भन्ने बिषयमा विद्यामन्दिर नमुना मा.वि. विनायकमा अन्तर मा.वि.स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा अन्तर मा.वि.स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियो । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा बोल्दै नगर प्रमुख देवकोटाले प्रधानमन्त्रि केपी शर्मा ओलीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको बताए।
नेपालमा १०४ वर्षिय जहानीय राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भैसकेपछि देशमा थुप्रै क्षेत्रमा विकास भएको बताउनुभयो । उहाले नेपालमा प्रजातन्त्र स्थापना गर्न जीवन आहुती दिने ज्ञात अज्ञात सहितहरुप्रति सद्र्धासुमन प्रकट गर्दै राणा शासनमा भएका नकारात्मक पक्ष र प्रजातन्त्र स्थापना भैसकेपछि भएका सकारात्मक पक्षबारे बोल्नुभएको थियो । प्रतियोगितामा २ वटा सामुदायिक विद्यालयका गरी ९ जना प्रतियोगिहरुको सहभागिता रहेकोमा विद्यामन्दिर नमुना मा.वि.का कक्षा १० मा अध्ययनरत छात्र माधव तिमिल्सैना प्रथम हुन सफल हुनुभयो । सोहि विद्यालयका कक्षा १० मा अध्ययनरत चक्र प्रसाद न्योपाने द्धितिय,कक्षा ९ मा अध्ययनरत छात्र कुवेर अधिकारी तृतीय र कक्षा १० मा अध्ययनरत दिनेश तिमिल्सैना सान्तना भएका छन् । उनिहरुलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरीएको छ । पुरस्कृत सवैलाई पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिहरुले प्रजातन्त्रको बारेमा बोल्नुभएको थियो ।
प्रतियोगितामा मुल्यांकन समितिमा पञ्चदेवल क्याम्पस प्रमुख विनिता अधिकारी संयोजक तथा सुचना प्रविधि अधिकृत ललित बुढा र मालिका विकास संघका सामाजिक विकास अधिकृत गोपिसिंह नेपाली सदस्य रहनुभएको थियो । कार्यक्रममा सुचना प्रविधि अधिकृत ललित बुढा, रोजगार संयोजक भरतराज अधिकारी, वडानम्बर १ कुईकाका वडाध्यक्ष लक्ष्मीकान्त देवकोटा, विद्यामन्दिर नमुना मा.वि.का प्र.अ. विर बहादुर शाही, प्रशासन शाखा प्रमुख खेमराज ढकाल, लेखापाल धुव्र बहादुर खत्री, पत्रकार महासंघका सहसचिव तपेन्द्र धामी, पहाड खबर साप्ताहिकका सम्पादक रमेश रावत, कृषि विकास शाखा प्रमुख महाजित विक, पञ्चदेवल क्याम्पस प्रमुख विनिता अधिकारी, मालिका विकास संघका सामाजिक विकास अधिकृत गोपिसिंह नेपाली, ईलाका प्रहरी कार्यालय विनायकका ईन्चार्ज भरतबहादुर रोकाय लगायतको सहभागिता रहेको थियो ।
शिक्षा शाखा प्रमुख पहलसिंह नेपालीले कार्यक्रमको उद्देश्य बारे प्रकाश एवम् स्वागत गर्नुभएको थियो भने संचालन बहुक्षेत्रिय पोषण शाखा प्रमुख हंसराज अधिकारीले गर्नुभएको थियो ।
Discussion about this post