हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।
प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Discussion about this post