धनगढी । बैतडीकी भागरथी भट्ट हत्यामा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ ।
स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको प्रहरीले पुष्टि गरेको छ ।
ती युवकले प्रहरीसमक्ष दिएको बयानमा भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको बताएका छन् ।
भागरथी हत्या प्रकरणमा संलग्नको पुष्टि भएकोले आज सार्वजनिक गर्ने तयारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोलिपल्ट साँझमात्र उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।
क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टमपछि बलात्कार र हत्या गरिएको पुष्टि भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लिएसँगै प्रहरीको ठूलो टोलीले अनुसन्धान गरिरहेको थियो ।
Discussion about this post