हाल देशका उच्च पहाडी तथा हिमाली भूभागहरुको मौसममा आंशिक बदली भएको छ ।
देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।
त्यस्तै लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदलीको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Discussion about this post