अछाम मालिका पब्लिक बोडिङ स्कुल विनायकको १४ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
बोडिङ स्कुलका फाउण्डर नमराज न्यौपानकोे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनु भएको थियो । प्रमुख अतिथि देवकोटाले देशका राजधानीका वोडिङ स्कुलको भन्दा पनि यस स्कुलले गरेका काम र प्रगति अत्यन्तै सन्तोसजनक रहेको प्रती खुसी व्यक्त गर्नु भएको छ ।
अन्य अथितीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओलि पक्षका प्रदेश कमिटी सदस्य पदम देवकोटा,नेपाली काङ्ग्रेस पन्चदेवल विनायक नगरपालिका वडा न. २ का सभापति महारुप धामी ,फाउण्डर टँक धामी,चेतना महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष राधा आचार्य ,समावेशी महिला बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष तारा कडायत,अभिभाबक तथा समाज सेवी विनोद तिमिल्सैना ,अभिभाबक तथा समाज सेवी बुद्धि जिवि लक्ष्छिराम न्यौपाने ,पत्रकार मदन जैसी ,सम्पूणर् विद्यालयका शिक्षक प्रतिनिधि ,विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पदम देबकोटा ,महारुप धामी,टँक धामी ,राधा आचार्य,तारा कडायत,विनोद तिमिल्सैना लगायतले मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा सबैले स्कुलको स्थर उन्नतिका लागि सबैले एकरुपता भएर लागि पर्नु पर्ने धारणा राख्नु भएको थियो ।
शिक्षिका निर्मला तिमिल्सैनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रिन्सिपल जनक न्यौपानेले गर्नुभएको थियो ।
Discussion about this post