काठमाडौँ । मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ११ गते (आईतबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ १२ गते (सोमबार)
दिउँसो : देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशका देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूगहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ १३ गते (मंगलबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
Discussion about this post