अछाम जिल्लामा निर्वाचनको तयारी हुँदै

31
SHARES
171
VIEWS

अछाम । सरकारले तोकेको मितिमै निर्वाचन भए निर्वाचन सफल पार्न आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन ।

निर्वाचन गर्नु आफैमा लोकतान्त्रिक प्रणाली भएकाले यसमा सबैको सहभागीता रहने र निर्वाचन भएमा सफल पार्न आ आफ्नो सकारात्मक सहयोग रहने बताएका हुन ।

जिल्ला निर्वाचन कार्यालय अछामले आयोजना गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) सरोकारवाला संगको अन्तक्रिर्या कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन ।

जिल्लामा मतदाताहरूका नामावलीमा धेरै त्रुटी देखिएकाले देखिएका त्रुटीहरू सच्याउन वडा स्तरसम्म सम्बन्धित कार्यालयबाट कर्मचारी खटाएर गतिविधि अगाडि बढाउन सुझाव दिएका छन ।

निर्वाचन भईहाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्मपन्न गर्न प्रशासनले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी सरोकारवालाले निर्वाचन कार्यालय अछामका गतिविधिलाई थप प्रभावकारी बनाउन प्रचारप्रसारलाई बढि जोडदिनुपर्ने सुझाव दिएका छन ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले सरकारले निर्वाचनको मिति तोकि सकेकाले निर्वाचन भईहाले सबै जिल्ला बासीले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

सबैले निर्वाचन प्रकृयामा सहभागी हुनुपर्ने उहाँको भनाई थियोे । कार्यक्रममा पंञ्चदेवल बिनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउनेले मतदाता नामावली अद्यावधिक गर्न वडा तहसम्म जानुपर्नेमा जोडदिदै मिडियालाई भरपुर प्रयोग गर्नुपर्ने र निर्वाचन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाली काग्रेसका उपसभापति चन्द्र प्रसाद ढुंगानाले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले नेपाली काग्रेस चुनावको विरोधी नभएकाले निर्वाचन भएमा नेपाली काग्रेस चुनावमा भाग लिने र सफल पार्न जुटने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बान्निगढि जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का , कमलबजार नगरपालिकाका उप प्रमुख भूमिसरण ढकाल बजगाई,नेकपाका भिम रावल, लिलाराज केसी, नेमकिपाका अध्यक्ष झंकर शाही , राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष तेज बहादुर बिष्ट , नागरिक समाजका अध्यक्ष शंकर रावल, पत्रकार महासंघका मेनुका ढुंगाना लगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको सञ्चालन निर्वाचन कार्यालयका सुचना अधिकारी गजेन्द्र प्रकाश थारूले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार