दाहाल-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

24
SHARES
133
VIEWS

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौँमा बृहत जुलुस निकाल्दैछ । काठमाडौंका नौ स्थानबाट बृहत् जुलुस निकाल्ने दाहाल-नेपाल समूहको तयारी छ ।

संसद् विघटनविरुद्ध सडक संघर्ष गर्दै आएको सो समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।

जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको नेकपाले जनाएको छ ।

समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित समेत दिएको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

यसअघि दाहाल–नेपाल समूहले १४ पुसमा पनि बृहत् विरोध–सभा आयोजना गरेको थियो। विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल ¥याली तथा बिहीबार साँझ मसाल जुलुस समेत प्रदर्शन गरेका थिए।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार