राष्ट्रिय परिचयपत्रको लागि अछाममा १७ हजार बढीकाे विवरण दर्ता

36
SHARES
202
VIEWS

टेकराज भण्डारी, अछाम । जिल्लाबासी सबै नागरिककाे राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने उदेश्यले अछाम जिल्लामा सञ्चालित शिविरमार्फत बुधबारसम्म १७ हजार बढीकाे विवरण दर्ता गरिएको छ ।

अभियानका रुपमा संचालन भैरहेको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत जिल्लाका चार स्थानीय तहमा १७ हजार सात सय ३३ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शिविर सञ्चालन गरिएको हाे । जिल्लाको रामाराेशन गाउँपालिकामा पनि शिविर शुरु गरिएको छ ।

अभियानको रुपमा अछामका तीन स्थानीय तहबाट शुरु भएका शिविरहरु अहिले जिल्लाका पाँच स्थानीय तहमा सञ्चालन गरी राष्ट्रिय परिचप पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भैरहेको अछामका प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले बताउनु भयाे ।

जस अनुसार बुधबार सम्म मंगलसैन नगरपालिकामा ८ हजार छ सय १४ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ४ हजार ६ सय ४९ जना, कमलबजार नगरपालिकामा ३ हजार १ सय २२ जना र साँफेबगर नगरपालिकामा १ हजार ३ सय ४८ जनाको विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।

अछाम जिल्लामा आगामी ३ महिनाभित्र परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य सकिसक्ने लक्ष्य रहेको छ । मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्तीमा वडामा रहेका र नागरिकता प्राप्त गरेका सबैको विवरण संकलन कार्य सम्पन्न भैसकेको समेत जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

वडाका वाँडा र बस्ती गरी २ ठाउँमा २/२ जना अपरेटर सहित खटिएको टोलीले ८ दिनमा ९ सय ६२ जनाको विवरण संकलन गरि फर्किसकेको बताईएको छ ।

अछाम जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि कञ्चनपुर जिल्लाबाट ४७ जना तालिमप्राप्त अपरेटर आएका छन् भने उनीहरुले तदारुकताका साथ काम गरिरहेका बताईएको छ । हाल विभिन्न वडा तहमा सञ्चालन गरिएका शिविरमा नागरिकको सहभागिता बृद्धि भई घुईचो लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार