संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा प्रदर्शन गर्दै

48
SHARES
268
VIEWS

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्न लागेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुस १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार