चुनावबारे कांग्रेसले देशभरका जिल्ला सभापतिलाई गर्‍यो यस्तो परिपत्र

25
SHARES
139
VIEWS

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाखका लागि तोकिएको मध्यावधि निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन देशभर निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । संसद विघटनको विरोध भइरहेपनि कांग्रेसले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमवार देशभरका जिल्ला सभापतिलाई परिपत्र पठाउँदै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएका छन् ।

निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय तहमा आयोगले पत्र पठाएको छ ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झूटा विवरण दिई मतदाता बनेको भए उजुरी दिने लगायतका कार्यमा सहयोग गर्न निर्देशन भएको छ ।

आयोगको कामलाई सहयोग हुने गरी चुनावी कार्यक्रममा सहभागी हुन कांग्रेसले परिपत्र गरेको छ । गत हप्ता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरुसँग छलफल गरेको थियो ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धी कार्यमा सहयोग गर्ने परिपत्र गरेको छ ।

nce.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार