अछाम । चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले प्रबृद्धि मैत्रि स्थानिय तह बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने धारणा ब्यक्त गर्नु भएको छ ।
चौरपाटीमा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्बन्धि ४ दिने तलिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष साउदले गाउँपालिकालाई पारदर्शि, छिटो छरितो कार्यगर्न नेपाल सरकारको निर्णय अनुसार गाउँपालिकामा अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्न लागिरहेको बताउनुभयो ।
नेपाल सरकारको सन २०२४ सम्म शत प्रतिशत अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले पनि अनलाईन घटना दर्तालाई प्राथमिकता दिईएको बताउनुभयो ।
उहाँले गाउँपालिकाका सात वटै वडा कार्यालयबाट तत्काल अनलाईन सेवा कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
यस्तै चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्दा सबै स्थानिय तहमा एकरुपता हुने, दोहोरो दर्ता, कागज तथा ढड्डा च्यातिने, नासिने समस्या बाट मुक्त हुने र काम गर्न समयको सदुपयोग हुने हुदा अनलाईन सेवा प्रभावकारी रहेको बताउनुभयो ।
समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कमल साउद, कृषि शाखा प्रमुख झप्पर भुल, सात वटै वडाका वडा सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन एमआईएस अपरेटर कालु सिंह बोहराले गर्नु भएको थियो ।
Discussion about this post