निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय अछाम, जिल्लाका १ लाख ५० हजार ८४ नागरिकले मतदान गर्न पाउने

42
SHARES
235
VIEWS

अछाम: चुनाबको घोषणा भएसगै अछाममा मतदान केन्द्र र मतदानस्थलको पुनरावलोकन,मतदाता नामावली अद्यावधिक गर्ने कामको थालनी गरिएको छ ।

साबिकका १२९ मतदा नस्थल र १९७ मतदान केन्द्र रहेकोमा सात स्थापना नया मतदानस्थल थपिनेमा छलफल भएको निर्वाचन कार्यालय अछामले जनाएको छ ।

साफेबगर नगरपालिका ३ ,ढकारी गाउँपालिका ६ र ७,तुर्माखान गाउँपालिका ८ का मतदातालाई अन्यत्र भोट हाल्ने व्यवस्थाका लागी प्रस्ताब आएको निर्वाचन कार्यालयका सुचना अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिए।

प्रस्ताबको तथ्यगत र कागजी प्रमाणको आधारमा मतदानस्थल र केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफरिस गर्ने कार्यबिधि रहेको छ । निर्वाचनका लागी बैठक बस्ने संगै प्रशासनिक रुपमा समेत काम अघि बढिरहेको सुचना अधिकारी थारुले बताए ।

मतदाता नामावली अद्यावधिकका लागी स्थानीय तहको केन्द्रमा फोटो सहितको मतदाता नामावली पठाउन थालिएको बताईएको छ । आउदो १५ गतेबाट स्थानीय तहको केन्द्रमा पुगेर त्रुटी सच्याउने,दाबी बिरोध गर्ने काम अघि बढेको थारुले जानकारी दिए।

यस्तै कार्यालयले निर्वाचन बिधालय स्तरिय निर्वाचन शिक्षा कार्यक्रम समेत सचालन गरेको छ । तुर्माखाद गाउँपालिका र मंगसेन नगरपािलका गरेर तीन माध्यामिक बिधालयमा निर्वाचन शिक्षा कार्यक्रम सकिए पनी दश स्थानीय तहका १५ माबीमा निर्वाचन शिक्षा कार्यक्रम तय गरिएको छ । गएको पुष ५ गतेसम्म अछाममा मतदान गर्न योग्य एक लाख ५० हजार ८४ जना रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार