ओलिले संविधान माथि कालाे दाग लगाए : अध्यक्ष कुँवर

16
SHARES
87
VIEWS

अछाम : प्रधानमन्त्रीको असंवैधानीक कदमका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टि नेकपा चौरपाटीको आयोजनामा चौरपाटीमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

झँकर साउदको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा नेकपा अछामका अध्यक्ष शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी कुवरले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न नपाएको झोकमा संसद भँग गर्न खोजेको आरोप लगाउनु भएको छ । कुवरले प्रतिगमनकारी कदमका बिरुद्ध एकताबद्ध हुन आव्हान गर्दै हरेक नेता कार्यकर्तालाई जागरुप हुन आग्रह गर्नु भयो ।

जनताले ५ बर्ष अबधिको लागि दिएको अभिमतको अपमान गर्दै ३ बर्ष मै संसद विघटन गरेर आफु पतनको दिशातीर उन्मुख हुनु भएको बताउनु भयो । साथै कुवरले संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधान र पार्टी एकताको रक्षार्थ सबै कार्यकर्ता एकताबद्ध भएर आन्दोलनमा सरिक हुन आग्रह गर्नु भयो ।

बिरोध सभामा प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य हर्क बहादुर कुवर गोबिन्द, प्रदेश कमिटी सदस्य दिपक साउद, शंकर भण्डारी, हिक्मत कुवर, ईश्वरी थापा, जिल्ला कार्यालय सदस्य लोक बहादुर बोहरा, जिल्ला कमिटी हिरण्ड कुवर, राम बहादुर थापा, राम बहादुर आउजी, पशुपती कुवर, नमराज न्यौपाने, प्रेम महर, हर्क साउद, कृष्णा खड्का, अनेरास्ववियु केन्द्रिय सदस्य केसरी रेग्मी, प्रगतिशील कानुन व्यवसायी खडक खड्का, राष्ट्रिय युवासंघ नेपाल अछामका संयोजक हिरण्ड कुवरले बिरोध मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रको संञ्चालन संकरमान बोहराले गर्नु भएको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिरोध सभा साँफेबगर नगरपालिका २ मा सम्पन्न भएको छ । वडा कमिटी सचिव सीता कुँवरको अध्यक्षतामा भएको बिरोभ सभाका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा नेकपा अछामका अध्यक्ष शेर बहादुर कुवर रहनु भएको थियो ।

बिशिस्ट अतिथि नेकपा प्रदेश सदस्य गोबिन्द कुँवर त्यस्तै साँफेबगर नगरपालिकाका प्रमुख तथा प्रदेश सदस्य कुल बहादुर कुवर, नेकपा संगठन बिभाग प्रमुख प्रकाश शाह लगाएतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपाका वडा कमिटि सदस्य हरिस परियारको स्वागत मनतब्यबाट सुरु भएको सभाको संचालन नेकपा नगर कमिटी सदस्य नेत्र परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार