अछाम : जेसिज अछामको नया कार्यसमिती चयन भएको छ । सहमतीको आधारमा जेसि अमरनाथ न्यौपानेको अध्यक्षतामा बर्ष २०२१ का लागी नया कार्य समिति चयन गरिएको हो ।
आज एक कार्यक्रमका बिच नया कार्यसमितीको पदस्थापना समेत गरिएको जेसिज अछामले जनाएको छ ।
बर्ष २०२१ को कार्यकारी उपाध्यक्षमा हरिशचन्द्र रावल, सिद्धराज ढुंगाना, महासचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा दिपिका कुवर, उपाध्यक्षमा मनकला न्यौपाने, रञ्जना खनाल, सुर्य परियार र लक्ष्मण शाही र कानुनी सल्लाहकार आकाङ्क्षा शाही लगायतका पदाधिकारी रहेका छन ।
बर्ष २०२० अध्यक्ष तुलाराम बिसीको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा मंगलसेन नगरपालिकाका उप प्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाले जेसिज अछामले जिल्लामा रचनात्मक कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमापनि युवाहरुलाई एकतृत गरेर सृजनशिल काम गर्नुपर्ने र यसमा मंगलसेन नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले जिल्लाका बिकृति विसंगतीका बिरुद्ध अभियान संञ्चालन गर्नुपर्ने उहको सुझाव छ ।
कार्यक्रममा बिशिष्ट अतिथीको आसन बाट बोल्दै बर्ष २०२१ का राष्टिय उपाध्यक्ष सुजन बडुवालले जेसिजको बारेमा जानकारी गराउदै अछाम जेसिजलाई आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।
अछाम जेसिज अन्य जिल्लाको तुलनामा संरचनाका हिसाबले पछाडी रहेकाले संस्थाले संञ्चालन गरेका हरेक अभियानम साथ रहने प्रतिबद्धता जनाउनु भएको हो ।
कार्यक्रममा जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०१७ का अध्यक्ष टिकेन्द्र भण्डारी, अछाम बहुमुखी क्याम्पसका धुब्र कुमार शाही, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, नगर युवा संञ्जालका अध्यक्ष जगत भण्डारी, रिदम बिसी लगायत अछाम बहुमुखी क्याम्पसका बिद्यार्थिहरुको सहभागीता रहेको थियो ।
Discussion about this post