हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।
हाल प्रदेश नं १ को पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै देशका पहाडी भुभागका केही स्थानहरु र तराईका अधिकांश स्थानहरुमा हुस्सु रकुईरो लागि रहेको छ।
आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ।
प्रदेश नं १ का पहाडी भू–भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ।
प्रदेश नं १ का पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Discussion about this post