कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानताः प्रदेश सभा सदस्य रावल

19
SHARES
107
VIEWS

अछामः प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको आज एक कार्यक्रमका विच नयाँ भवनको उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष वेदराज तिमिल्सैनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रदेश क बाट निर्वाचित सुदुपश्चिम प्रदेश सभा सदस्य माननिय अक्कल बहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै साँसद रावलले कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानता भएको बताउनुभयो । साथै एक फरक प्रसंगमा उहाँले आफ्नो प्रदेशमा विद्यालय, स्वास्थ्य , सहकारी , शौचालय लगायतका ५० भन्दा बढी भवनहरु संसद विकास कोषबाट बनेको तर प्रगतिशील सहकारीले सोचेभन्दा पनि राम्रो काम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

साथै उहाँले आगामी दिनमा पनि आफ्नो क्षेत्रमा विकास निर्माणका कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य शरदसींह भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो । विशिष्ट अतिथीको आसनबाट बोल्दै नेकपा केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सहकारी भनेको समाजबादी कार्यक्रम भएको र प्रगतिशील सहकारीले कृषकको सानो वचतबाट व्यवसायी बन्नमा सहयोग पुर्‍याएकोमा संस्थाका सन्चालक समितीलाई धन्यबाद व्यक्त गर्नुभयो । साथै उहाँले इटालीबाट सहकारीको सुरुवाती भएको र हाल संसारका हरेक नागरिक सहकारीमा आवद्ध भएर विकासको बाटो समातेको समेत बताउनुभयो ।

कार्यक्रममा अतिथीको आसनबाट बोल्दै पन्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटाले सुदुरपश्चिम प्रदेश सरकारले सहकारीको भवनमा सहयोग गरेकोमा धन्यबाद दिदै प्रदेश सरकारले कुनैपनि पार्टी नहेरेर काम गर्न समेत अनुरोध गर्नुभयो । भवनको उद्घाटन कार्यक्रममा हल भित्र प्रबेश गर्नु अघि नै उद्घाटन कार्यक्रमका प्रमुख अतिथी माननिय अककल बहादुर रावलले रिवन काटेर भवनको हल भित्र प्रबेश गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथीले पानसमा बत्ति बालेर तथा व्यानर बाचन गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाको प्रगतिप्रतिबेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक पुष्पराज उपाध्यायले २०६९ सुालमा सुरु गरिएको सहकारी हाल करीब ५०० जना शेयर सदस्य बनेको र सुदुरपश्चिम प्रदेश सरकारको संसद विकास कोषको रु.२० लाख ९५ हजारको लागतमा भवनको एकतला बनेको बताउनुभयो ।

कार्यक्रममा नेकपा पन्चदेवल विनायक नगर कमिटी सचिब गोरख बहादुर रावल, पन्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त बजगाँई,विद्या मन्दिर नमूना मा.वि.का शिक्षक हरी बहादुर रावल, जाल्पेश्वरी मा.वि.का प्रधानाध्यापक नवराज न्यौपाने , हातेमालो सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष शुन्सरा तिमील्सैना,संस्थाका लेखा समिती सदस्य चन्द्रप्रसाद ढकाल लगायतका अतिथीहरु रहनुभएको थियो । संस्थाका उपाध्यक्ष पदमराज देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन संस्थाका सचिब द्धारीकाप्रसाद अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार