चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

19
SHARES
103
VIEWS

काठमाडौं – राजधानी काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

मंगलवार बिहान साढे ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मीनकुमार अर्यालले बताएका छन् ।

अर्यालका अनुसार अहिले बिहान सामान्य तुवाँलो लागेको छ भने बादल पनि लागेकाले आंशिक बदलीको अवस्था रहेको अर्यालले बताएका छन् ।

काठमाडौंमा मंगलवार दिउँसो आंशिक बदली रहने छ । घाम लाग्ने र बादल लाग्ने क्रम दिनभर चल्ने जनाइएको छ ।

बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेका समेत जनाइएको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

मंगलवार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि वर्षाको सम्भावना निकै न्यून रहेको मौसमविद् अर्यालले बताएका छन् ।

देशका विभिन्न भू–भागमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने विभागले जनाएको छ ।

तराईका केही भूभागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

बिहान लागेको हुस्सु र कुहिरो केही समयमा हटेर जाने अर्याल बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार