सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् ।
अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन् ।पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे ।
अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिनुभयो ।
सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका हजाराँै सङ्ख्यमा रहेका पानीघट्ट प्रयोग बिहीन रहेका र उक्त घट्टलाई नयाँ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो ।
अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन् ।
Discussion about this post