अछाम । ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्बन्धि ४ दिने तालिम चौरपाटीमा सुरु भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत धनबहादुर थापाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत थापाले पेपर लेस बनाउने उद्घेश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
ब्यक्तिगत घटना दर्ता अनलाईन गर्दा दोहोरो दर्ता, कागज तथा ढड्डा च्यातिने, नासिने समस्या बाट मुक्त हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
तालिममा चौरपाटी गाउँपालिकाका सात वटै वडाका वडा सचिवहरुको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण गाउँपालिकाका एम आई एस अपरेटर कालु बोहराले गरिरहनु भएको छ । तालिम माघ ७ गते सम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post