आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

19
SHARES
106
VIEWS

आज मिति २०७७ माघ ३ गते शनिबार, इस्वीसंवत जनवरी १६ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज पौषशुक्लपक्षको तृतीय तिथि रहनेछ । आज शतभिषा नक्षत्र, विष्कुम्भादि योगमा व्यघात, करणमा वणिज, आनन्दादि योगमा आनन्द रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २६ घटि २१ पला अर्थात १० घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५८ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३० मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ, चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय शुभ छ, स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ। घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन छ । तर आज साँझपख कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहेको छ । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

कर्कट : आज कर्कट राशिका लागि आज स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ आज सफल हुनेछन् । पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । लाभ पाइने अवसर प्रशस्तै छन् । प्राप्त मौकाको ठीक–ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समय शुभ रहेकाले सही उपयोग गर्नुहोला । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय राम्रै छ । आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने, आज समय शुभ रहनेछ । प्रतिष्ठित एवं ठूला मान्छेसंग भेटघाटको मौका समेत मिल्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज खोजेका कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । मनामा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ धैर्यगरी आÇनो कार्यमा लग्नुहोला । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

धनु : धनु राशिका लागि आज समय अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् । आज लगानी जेमा गर्नु हुन्छ अथवा जे कामको थालनी गर्नुहुन्छ, त्यसबाट राम्रो परिणाम पाइनेछ । मिष्ठान्न भोजनको योग पनि देखिन्छ, आज पूर्वी दिशाको भ्रमण सफल रहनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । स्वास्थ्य सुरक्षित छैन । आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन । खाने, पिउने वस्तुबाट तपार्इंप्रति षड्यन्त्र हुनसक्ने सम्भावना बलियो छ । कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्–कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । आज आर्थिक दृष्टिकोणले घाटामा परिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज स्वास्थ्यमा कुनै खराबी भए सुधार हुँदै जानेछ । आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । सोचे जति काममा सक्रियता अलि कम भए पनि विस्तारै उन्नति प्रगतिमा गम्भीर भई जाने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । जे काम पनि आँफै गर्न खोज्ने बानी ठीक होइन, पुगेर न आउने होइन ज्यादा व्यर्थ परिश्रम नगर्नै राम्रो । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दु:ख दिने सम्भावना बलियो छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला ।

साइत : आज चन्द्रमा कुम्भ राशिमा छन् । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार