भिम रावलका कारण पार्टिलाई ठुलो क्षति पुग्याे : कर्ण थापा

32
SHARES
178
VIEWS

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्ण बहादुर थापाले भिम रावल संग राजनीतिक संस्कार नभएको बताएका छन् ।

आफ्नो निजी स्वार्थ भन्दा माथि उठ्न नजानेका नेता रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको थापाको आरोप रहेको छ।

धेरै मान सम्मान खोज्ने नेता रावल केही निश्चित ब्यक्तिहरूको सल्लाहमा अघि बढ्दा उनकै जिल्लामा केपी ओलीकाे दबदबा रहेको उल्लेख गरे ।

भिम रावलले कहिलेपनि जनताको मतको मुल्यांकन नगरेको भन्दै पद मात्रै खोज्ने उहाको प्रबृत्तिले पार्टिलाई ठुलो क्षति पुगेको नेता थापाको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टी अछामको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले सरकारले गरेका सकारात्मक गतिविधिको प्रचारप्रसार गर्न छोडेर सरकारलाई गाली गर्दै हिड्न भ्याएका भिम रावलले पार्टी एकता नचाहेको बताउदै पदका लागि सरकारको विरोध गरेकोआरोप लगाए ।

सरकारले गरेका राम्रा कामहरू देखेर अतालिएकाहरू पार्टी विभाजनमा उद्दत रहेको उनको भनाइ थियो।

पार्टी एकतापछि पनि माधव प्रचण्डको स्वार्थ पुरा नभएपछि केपी वलीको बिरूद्वमा लागेकाले उनीहरूमा कुनैपनि राजनीतिक एजेन्डा नभई स्वार्थको योजना मात्रै रहेको बताए ।

अछाम जिल्लामा केपी ओलीकाे संगठन बलियो रहेकाले आम कार्यकर्तालाई संगठनाई थप मजबुत बनाउन जुटन अनुरोध गरे ।

अहिले भिम रावलको ध्यान पार्टिको सम्पत्ति माथि केन्द्रित रहेकोले पार्टीको सम्पति एकलौटी ढंगले प्रयोग गर्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार