हिक्मत नेपाली , अछाम । कमलबजार नगरपालिकाले नगरको वडा नं. २ मा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ
। स्थानीय निकायमा गर्नुपर्ने घटना दर्तालाई सरकारले अनलाइन प्रणालीमा लाने निर्णय गरे बमोजिम आज एक कार्यक्रमका बिच अनलाइन पञ्जीकरणको शुभारम्भ कमलबजार नगरपालिकाका उपमेयर भुमिशरण ढकाल बजगाईले गर्नु भएको हो ।
आज पहिलो अनलाइन व्यक्तिगत घटना दर्ता रियान खड्काको जन्म दर्ता को प्रमाण पत्र वितरण गरी सुरु गरिएको वडा नं. २ का वडा सचिव नेत्र बहादुर बिष्टले जानकारी दिए ।
अनलाइन व्यक्तिगत घटना दर्ता कमलबजार नगरपालिकाका १० वटै वडामा बिस्तार गरिने नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताए ।
आज बाट वडा बाट जारी हुने जन्म, मृत्यु,विवाह,बसाईसराई तथा सम्बन्ध बिच्छेदका व्यक्तिगत घटना अनलाइन प्रणाली बाट हुने सचिव बिष्टले बताए ।
पञ्जीकरणको ‘सामाजिक सुरक्षा र व्यक्तिगत घटना व्यवस्थापन सूचना प्रणाली’ को साइटमा रहेका सूचनाहरु जोकोहीले हेर्न पाउने कमलबजार नगरपालिकाका एम आई एस अपरेटर लक्ष्मण बिष्टले बताए ।
नगरपालिकाका प्रत्येक वडामा पञ्जीकरण विभागले सफ्टवेयरसहितको कम्प्युटर, प्रिन्टर र युपिएस निशुल्क उपलब्ध गराउनेसमेत जनाएको छ ।
Discussion about this post