ढकारीमा सञ्चालित २ दिने स्वास्थ्य शिबिर बाट ६ सय ४५ जनाले सेवा पाए

14
SHARES
80
VIEWS

पूर्ण बहादुर खड्का
अछाम : जिल्लाको ढकारी गाउपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको स्वास्थ्य शिबिरमा ६ सय ४५ जनाले सेवा पाएका छन् ।

हिजो र आज गरी दुई दिन गरिएको उक्त स्वास्थ्य शिबिरमा सेवा लिने अधिकांश तल्लो पेट दुख्ने, यौन संक्रमण रोग जस्ता समस्या भएका बिरामी बढी देखिएका स्वास्थ्य शिबिरमा रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिरिमा ढकारी गाँउपालिकाका र आसपासका सेवाग्राहीलाई शिबिर मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिबिरमा २ सय ३३ जनाको पाठेघरको मुखको क्यान्सरको जोखिम जाँच गरिएको छ ।

यस्तै शिबिर मार्फत पाठ्यघरको सम्भावित जोखिम भएका ७ जना, पाठेघर खसेका जम्मा १२ जना, भिडियो एक्स रे सेवा गर्भवती सहित १ सय ८८ जना, परिवार नियोजनको साधन ईम्प्लान्ट सेवा १२ जना र ४७ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो ।

शिबिरमा स्वास्थ्य कार्यालय अछामका प्रमुख सहितको टोली र जिल्ला अस्पतालका डा. सोनाली बाँस्कोटा लगायतको टोलीले शिबिर मार्फत सेवा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार