राष्ट्रिय परिचयपत्रका लागि ४ हजार पाँच सय बढीकाे विवरण संकलन

14
SHARES
75
VIEWS

टेकराज भण्डारी, पाैष २६, अछाम । अछाममा अभियानको रुपमा सञ्चालन भैरहेको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना दर्ता शिविरमा हालसम्म साढे चार हजार बढीकाे विवरण संकलन गरिएको छ ।

शनिवार सम्म जिल्लाका तीन स्थानीय तहमा गरि चार हजार पाँच सय सात जनाकाे विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

जिल्लाको मंगलसेन नगरपालिकामा २४ जना अपरेटर मार्फत २ हजार ३ सय ३८ जनाको,बान्नीगढी जयगढ गाउँपालिकामा १३ जना अपरेटर मार्फत १ हजार ४ सय ३१ जनाको र कमलबजार नगरपालिकामा ७ जना अपरेटर मार्फत ७ सय ३८ जनाको विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयाे ।

पाैष २० गतेदेखि सञ्चालन भ‌ैरहेका शिविर १५ दिनसम्म सञ्चालन हुने छ। समयमै शिविर सञ्चालन भएका स्थानमा गई आफ्नाे विवरण दिन सराेकारवालाले अनुराेध गरेका छन् ।

नेपाल सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको छ । अछाम जिल्लामा पनि यसलाई महत्त्व दिएर विवरण संकलन कार्य भैरहेकाे बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार